संवाददाता
बैंकक, २७ फेब्रुअरी २०२५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले महत्वपूर्ण जुम बैठक आयोजना गर्न लागेको छ। सम्मानित सर्वोच्च अदालतको फैसला अनुसार गठित यस समितिले हालसम्म गरेका कार्यहरू, संघको भावी योजना तथा आउँदो एकता महाधिवेशनको तयारीबारे जानकारी दिन बैठक राखिएको हो।
मे ३-५, २०२५ मा काठमाडौंमा आयोजना हुने एकता महाधिवेशन संघको भविष्यका लागि निकै महत्वपूर्ण मानिएको छ। यस महाधिवेशनलाई सफल बनाउन आवश्यक तयारी, कार्ययोजना तथा संगठनात्मक संरचनाका विषयमा छलफल गर्नका लागि यो जुम बैठक आयोजना गरिएको हो।
यस बैठकमा एनआरएनएका सम्पूर्ण साथीहरू, सबै एनसीसीका पदाधिकारीज्यूहरू तथा संघप्रति चासो राख्ने सबै गैरआवासीय नेपालीहरूलाई सहभागी भई आफ्ना सुझाव तथा योगदान प्रस्तुत गर्न एनआरएनए उच्चस्तरीय समितिले हार्दिक अनुरोध गरेको छ। बैठकमा सहभागी हुन चाहनेले निम्न विवरण अनुसार जुम मार्फत जोडिन सक्नेछन्।
मिति: बिहीबार, २७ फेब्रुअरी २०२५
समय: अपरान्ह ४ बजे (नेपाल समय)
जुम आइडी: 831 2880 9008
पासकोड: 352616
एनआरएनएको भावी कार्यदिशा तथा एकता महाधिवेशनबारे प्रत्यक्ष जानकारी लिन र छलफलमा सहभागिता जनाउन सबै एनआरएन मित्रहरूलाई आग्रह गरिएको छ।