करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

अछाम १० असार : अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–६ निवासी १५ वर्षका बिमल बिक र १४ वर्षिय झंकर विक घरबाट तुर्माखाँद गापा–७ बासकाडा जाने क्रममा कच्ची सडकखण्डमा पोलबाट चुँडिएर सडकमा खसेको तारमा झंकर विकलाई करेन्ट लागेको थियो । झंकरलाई करेन्ट लागेपछि बचाउन तान्ने क्रममा विमललाई पनि करेन्ट लागेको थियो । करेन्ट लाग्दा झंकरलाई बचाउन खोजेका विमलको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । झंकर विक भने घाइते छन् । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरी नायब निरीक्षक भीमबहादुर शाहीसहित सात जनाको टोली घटनास्थलतर्फ पठाइसकेको प्रनाउ पाठकले बताउनुभयो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ