नेप्से ७.२६ अंकले गिरावट भइ २६७८ मा कायम

सञ्जु शर्मा
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

१ फागुन, काठमाडौंः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७.२६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७८ मा कायम भएको छ । अघिल्लो दिन बजार जम्मा १.८६ अंक बढेको थियो ।

बजार घट्दा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९२ करोडको भयो ।

७६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो । त्यस्तै लगानी ०.५२ र माइक्रोफाइनान्स ०।१७ प्रतिशत बढे । अरु सबै सेक्टर घटेका छन् ।

बैंकिङ ०.२३, विकास बैंक ०.९५, होटल तथा पर्यटन ०.५८, हाइड्रोपावर ०.९०, जीवन बीमा ०.१४, उत्पादन ०.४७, निर्जीवन बीमा ०.८७, अन्य ०।.० र व्यापार समूह ०.०१ प्रतिशत घटे ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोपावरको मूल्य ६.७७ प्रतिशत बढ्यो । हालै सूचीकृत गार्डियन माइक्रोलाइफको मूल्य प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसा पुगेको छ ।

न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ४.९, रिभर फल्स पावरको ४.१० तथा एनएलजी इन्स्योरेन्सको ३.५ प्रतिशत मूल्य घट्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, राधि विद्युत्, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स क्रमशः अगाडि रहे ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
64%
2 km/h
बुध
18 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ