थाईल्यान्डको पटायामा पहिलो पटक नेपाली र भारतीय समुदायको होली महोत्सव २०२५ आयोजना हुने

लोकेन्द्र ओली
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

थाईल्यान्डको पटायामा नेपाली, भारतीय, र थाई समुदायबीच सांस्कृतिक एकता र मित्रतालाई प्रवर्द्धन गर्ने उद्देश्यले पटाया होली महोत्सव २०२५ आयोजना हुने भएको छ पटाया महानगर थाई-इन्डियन बिजनेस एसोसिएसन र इन्डियन एसोसिएसन अफ पटाया को सहकार्यमा यो भव्य कार्यक्रम १४–१६ मार्च २०२५ सम्म पटाया बीच को बहुउद्देश्यीय क्षेत्रमा सेन्ट्रल पटायाको अगाडि सम्पन्न हुनेछ

यस महोत्सवलाई विशेष बनाउने कुरा भनेकै नेपाल र भारतको परम्परागत होली पर्व र थाईल्यान्डको प्रसिद्ध सोनक्रान महोत्सव को संयोजनमा आयोजना गरिनु हो होली हिन्दू धर्ममा विशेष महत्व राख्ने रङ्गहरूको पर्व हो जुन नेपाल र भारतमा विशेष हर्षोल्लासका साथ मनाइन्छ यो पर्वले प्रेम मित्रता र आत्मीय सम्बन्धको प्रतीक मानिन्छ

यस तीन-दिने भव्य महोत्सवमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछ जसमा रङ्ग उत्सव सम्पूर्ण समुदायका लागि खुला रंग खेल्ने अवसर सांस्कृतिक कार्यक्रम नेपाली भारतीय र थाई संगीत नृत्य र लोककलाका प्रस्तुति परम्परागत नेपाली भारतीय थाई परिकारहरू विभिन्न स्वादिष्ट खानाका स्टलहरू लाइभ म्युजिक चर्चित गायक-गायिकाहरू र ब्यान्डहरूको प्रस्तुति परिवारका लागि रमाइला गतिविधिहरू बच्चादेखि वृद्धसम्म सहभागी हुन सक्ने कार्यक्रमहरू समावेश गरिएका छन्

थाईल्यान्डमा नेपाली समुदायको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ विशेष गरी व्यापार पर्यटन र श्रम क्षेत्रमा नेपालीहरूको उल्लेखनीय संलग्नता रहेको छ यस्ता सांस्कृतिक महोत्सवहरूले थाई समाजमा नेपाली पहिचानलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ

कार्यक्रम आयोजकहरूको भनाइ अनुसार यो महोत्सवले नेपाल भारत र थाईल्यान्डबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउनेछ यस अवसरमा नेपाली भारतीय थाई तथा अन्तर्राष्ट्रिय समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई आपसी सद्भाव बढाउने आशा गरिएको छ

कार्यक्रम मिति १४–१६ मार्च २०२५ स्थान पटाया बीच सेन्ट्रल पटायाको अगाडि सम्पर्क आयोजक समितिका सदस्यहरू

थाईल्यान्डमा रहेका सम्पूर्ण नेपाली भारतीय थाई तथा अन्तर्राष्ट्रिय समुदायलाई यो रंगीन महोत्सवमा सहभागी हुन आयोजक समितिले आग्रह गरेको छ

सेयर: 15
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
45%
3 km/h
शुक्र
22 °C
शनि
23 °C
आइत
24 °C
सोम
26 °C
मंगल
27 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ