काठमाडौँ । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सभामुखका लागि राप्रपाका विष्टको मात्र उम्मेदवारी परेपछि उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक रहनुभएको थियो । राप्रपाका विष्टलाई सत्ता गठबन्धन र नेकपा एमालेको समेत समर्थन रहेको थियो ।नवनिर्वाचित सभामुख विष्टले आजै प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
कोशी प्रदेशको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

प्रतिक्रिया
ट्रेन्डिङ
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…

