Ad imageAd image

एनआरएनए उच्चस्तरीय समितिको निर्देशन: एनसीसी थाइल्याण्डलाई महाधिवेशन बाहेक अन्य कार्यक्रम तत्काल रोक्न अनुरोध

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, २०८१ फागुन २१ – गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले आउँदो महाधिवेशन २०२५ मे ३ देखि ५ सम्म काठमाडौंमा हुने भएकाले, अन्य कुनै अतिरिक्त गतिविधि नगर्न निर्देशन जारी गरेको छ।

समितिले विश्वभर रहेका नेपालीहरूको एकता, सशक्तिकरण र महाधिवेशनको सफल आयोजनाका लागि सबै गतिविधि महाधिवेशन केन्द्रित हुनुपर्ने भन्दै अन्य कार्यक्रम नगर्न स्पष्ट निर्देशन दिएको छ। एनसीसी थाइल्याण्डलाई विशेष रूपमा महाधिवेशनबाहेक अन्य कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिइएको छ।

समितिले पठाएको आधिकारिक पत्रमा भनिएको छ, “महाधिवेशन केन्द्रित कार्यक्रम बाहेक अन्य कुनै गतिविधि नगर्न नगराउनू, अन्यथा यसलाई निर्देशन अवज्ञा मानिनेछ।” हाल थाइल्याण्डमा अन्य कार्यक्रम भइरहेको जानकारी प्राप्त भएकाले, ती कार्यक्रम तत्काल रोक्न आग्रह गरिएको छ।

यदि यस निर्देशनको पालना नगरिएमा, सर्वोच्च अदालतको परमादेश तथा फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनको अवज्ञा गरेको ठहर्ने र त्यसअनुसार कानुनी कारबाहीको सिफारिस गरिने उच्चस्तरीय समितिले स्पष्ट पारेको छ।

- Advertisement -
Ad imageAd image

पत्रमा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेको हस्ताक्षर रहेको छ।

यस निर्देशनसँगै एनआरएनएका सम्बन्धित पदाधिकारीहरूलाई महाधिवेशनमा मात्र केन्द्रित हुन आग्रह गरिएको छ।

सेयर: 31
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
44%
1 km/h
मंगल
33 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
33 °C
ट्याग गरिएको:
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ