Ad imageAd image

वेष्ट्रन डेभलपमेन्ट बैंकबाट पीडित सेवाग्राहीले दाङमा गरे प्रदर्शन

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । तत्कालीन वेष्ट्रन डेभलपमेन्ट बैंक लिमिटेडका पीडीतहरुले शनिबार दाङमा प्रदर्शन गरेका छन् । बैंकका संचालक समितिका सदस्य प्रमुख कार्यकारी अधिकृत र तत्कालीन शाखा प्रबन्धकको मिलेमतोमा भएको १८ करोड प्रकरणमा आफुहरुलाई फसाईएको दाबी गर्दै उनीहरुले शहर परिक्रमासहित विरोध गरेका हुन् । प्रदर्शनमा पीडीत र पीडीतका परिवार, र सामाजिक अभियानता गरि ५०० हाराहगरीको उपस्थिति थियो ।

दाङको तुलसीपुर चोकबाट सुरु भएको प्रदर्शन शहर परिक्रमा गरि पुन: सोही चोकमा आई कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै पीडीतहरुले अदालतको सेटिङमा सोझा जनतालाई फसाएर खास दोषीलाई उन्मुक्ती दिइएको आरोप लगाएका थिए । तत्कालीन वेस्टर्नमा कुल १८ करोड रुपैयाँ घोटाला भएको थियो ।

बैंकका प्रबन्धक समीर बुढाथोकीले आफू नगदमा सापटी लिने र फर्जी ऋणी खडा गरेर आफुले सापटी लिएकाहरुको खातामा फर्जी ऋणबापतको रकम हाली घोटाला गरेका थिए । सोही कारण आफुले नगदमा सापटी दिएका र बैंक खातामार्फत पैसा फिर्ता लिएकाहरु यो केसमा फसेका हुन् ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
57%
5 km/h
बिहि
25 °C
शुक्र
22 °C
शनि
29 °C
आइत
30 °C
सोम
30 °C
ट्याग गरिएको:
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ