Ad imageAd image

थाइल्याण्डमा नेपालीहरुद्वारा धर्म जागरण महाअभियान सञ्चालन, त्रिनाथ देवालय मन्दिरमा अन्तरक्रिया

लोकेन्द्र ओली
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक, १४ साउन थाइल्याण्डमा नेपाली नागरिक तथा नेपाली भाषी थाइ नागरिकले धर्म जागरण महाअभियान सञ्चालन गरेका छन् ।

धर्म जागरण महाअभियानका लागि नेपालबाट धर्मगुरु व्यासाचार्य किशोर गौतम, ओमकार महाभियानका प्रमुख संरक्षक एवं पूर्वमन्त्री निक्ष शम्शेर जबरा, शोह राज्यलक्ष्मी राणा, निर्भेली राज्यलक्ष्मी राणा, विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष एवं ओमकार महाभियानका अध्यक्ष दिनेशकुमार सिजापति, सचिवालय सदस्य लक्ष्मण पौडेल, महेश महर्जन, रोशनजंग बस्नेतलगायत थाइल्याण्ड आएका छन् ।

आयोजक संस्कृत स्नातक सेवा मण्डलीकाअनुसार बैंकक, पताया, हुवाहीन, खाउलाक, कसामोई, फुकेटका नेपाली मन्दिरहरुमा नेपाली तथा नेपाली भाषी थाइ तथा म्यामा नागरिक उपस्थित भई महाभियानअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको हो ।

बैंककमा त्रिनाथ थाइ नेपाली संघले थाइल्याण्डको सबैभन्दा पुरानो मन्दिर त्रिनाथ देवालयधाममा धर्म जागरणबारे अन्तरक्रिया नै आयोजना गरेको छ । अन्तरक्रियामा धर्मगुरु व्यासाचार्य किशोर गौतमले धर्मले नेपालीहरुमा एकता र सद्भाव बढाउने उल्लेख गरे । ओमकार महाभियानका प्रमुख संरक्षक एवं पूर्वमन्त्री निक्ष शम्शेर जबराले सनातन धर्मको रक्षा गर्नु नै नेपालीहरुको कर्तव्य भएको बताए । उनले त्रिनाथ मन्दिरको संरचना परम्परा र सांस्कृतिक झल्को दिनेगरी परिमार्जन गर्न सुझाए । साथै आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।

- Advertisement -
Ad imageAd image

मन्दिर व्यवस्थापन समिति सचिव राजु बलामीले धर्म संस्कृति रक्षाका लागि सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउँदै मन्दिरको संरचना परिवर्तनको तयारी भइरहेको बताए । यसका लागि ओमकार महाभियानसँग हातेमालो गरिने उनको भनाइ थियो ।

सहभागीहरुले धर्म संस्कृति रक्षाका लागि आयोजित अभियानले सत्कर्म गर्न उर्जा दिएको बताएका छन् ।

सेयर: 129
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
71%
1 km/h
शुक्र
28 °C
शनि
30 °C
आइत
32 °C
सोम
31 °C
मंगल
27 °C
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ